‘सप्तरङ्ग २’ मा सातै जना नयाँ कलाकार

गृष्मा इन्टरटेन्मेन्टले ‘सप्तरंग’ को दोस्रो सिजनका लागि सात कलाकारको चयन गरेको छ । पहिलो सिजन सातै प्रदेशमा शान्ति र सद्भावका लागि सात प्रदेशमा कार्यक्रम आयोजना गरेको गृष्माले दोस्रो सिजन पर्यटन प्रवद्र्धन र समुन्नतिको अभियानका रुपमा संचालन गर्नेछ ।

पहिलो सिजनमा रामकृष्ण ढकाल, प्रमोद खरेल, इन्दिरा जोशी, पशुपति शर्मा, अन्जली अधिकारी, सन्दीप क्षेत्री र दिपाक बिष्ट अनुबन्धित भएका थिए । दोश्रो सिजनमा भने सातैजना सप्तरंगका लागि नयाँ कलाकार रहेको संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले बताएका छन् । दोस्रो सिजनका लागि कलाकार राजेश हमाल, मेलिना राई, सुगम पोखरेल, हिमाल सागर, प्रकाश सपूत, रवि ओड र जितु नेपालसँग सम्झौता भइसकेको छ ।

अगिल्लो सिजनमा भएका कमिकमजोरीलाइ समेत सुधार्दै केहि नया गर्ने प्रयास आयोजकको रहेको छ ।

सातै प्रदेशमा हुने ‘सप्तरङ्ग’ को दोश्रो संस्करणमा सहभागी हुन दर्शकले कुनै पनि किशिमको शुल्क तिर्नु पर्न्ने छैन । सांगितिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकिय स्थानको प्रबर्धन र सम्भावनाको खोजी गरिने समेत आयोजकले बताएका छन् ।

पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना गरिने यो कार्यक्रमले संगीत र मनोरञ्जन मात्र नभई स्थानिय कला संस्कृति पनि उजागर गर्नेछ । यसका साथै स्थानिय क्षेत्रको पर्यटकिय क्षेत्र र त्यसको संभावना पनि पहिल्याउनेछ ।