पृथ्वी खनालको ‘सरर लिपुलेक’ मा खबपु र डम्बर

पृथ्वी खनालले गीत ‘सरर लिपुलेक’ सार्वजनिक गरेका छन् । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेसँगै उनले यो गीत सार्वजनिक गरेका हुन् । भिडियोमा खड्गबहादुर पुनलाई फिचर गरिएको छ । गायक पृथ्वी, डम्बरलगायतलाई समेत भिडियोमा देख्न सकिन्छ । गीतमा पृथ्वी र डम्बरको शब्द छ भने डम्बरकै संगीत छ । हरि पुन मगरको निर्देशन रहेको भिडियोमा पिटर गुरुङको छायांकन र सम्पादन छ ।