पोई पर्यो कालेपछि ‘राम राम’ मा सौगात मल्ल

बिहिबार मात्रै शिशिर राणाको निर्देशनमा निर्माण हुने फिल्म ‘पोई पर्यो काले’ मा कलाकार सौगात मल्लले साइन गरेका थिए । यस्तै, सौगात शुक्रबार सुवर्ण थापाको निर्देशनमा निर्माण हुने नयाँ फिल्म ‘राम राम’मा अनुबन्धित भएका छन् । मुख्य कलाकार सौगातका अलवा निर्माण टिमले निर्देशकको रुपमा सुवर्ण थापालाई पनि शुक्रबार नै अनुबन्धित गरेको हो । सुवर्ण र सौगातले यसअघि फन्को फिल्ममा एकसाथ काम गरेका थिए ।

डाइमोण्ड स्टार फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मका कथा तथा पटकथाकार दिनेश महत हुन् । कलाकारको रुपमा सौगात मल्ल मात्रै पक्का भएका छन् । दशैबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा अन्य कलाकारहरु छनोटको कार्य चलिरहेका पटकथाकार दिनेश महतले बताए । राम राममा अष्ट्रेलिया, जापान र हङकङमा बस्ने नेपालीको लगानी रहने छ । कथाकार महतका अनुसार फिल्म निर्माण अगावै विभिन्न देशमा फिल्मको विदेश प्रदर्शन राइट्स बिक्रि भैसकेको छ ।