सुदिप कोइरालाको शब्दमा शिव परियारको स्वर : सुन्दर नयन

गीतकार सुदिप कोइरालाको शब्द, संगीतकार दिपक सिलवालको संगीत तथा गायक शिव परियारको स्वरमा ‘सुन्दर नयन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा टिकटकका चर्चित जुम्ल्याहा दिदी बहिनी प्रिज्मा, प्रिन्सी खतिवडासँगै सन्नी सिंहको अभिनय रहेको छ । भिडियो निर्देशक गम्भीर बिष्टले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन गरेको गीतको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेको हुन् ।