दिवाकरको फिल्ममा रविन्द्र झा अनुवन्धित

दिवाकर भट्टराईको निर्माण तथा निर्देशन रहने फिल्म ‘तिमीसँगै हुने मन छ’  मा रविन्द्र झा अनुबन्धित भएका छन् ।  उक्त जानकारी भट्टराईले सामाजिक संजालमा तस्विर सेयर गर्दै जानकारी दिएका हुन् । स्टुपिड मन, एश्वर्य, क्याप्टेन जस्ता फिल्म निर्देशन गरेका निर्देशक भटराईको यो डेब्यु निर्मित फिल्म हो ।

ओम नम शिवाय प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्म दशैँपछि फ्लोरमा जाने छ । यस अघि फिल्ममा उनकै नायिका पत्नी दिपिका प्रसाईं अनुबन्धित भएकी थिइन् । फिल्मको स्क्रिप्ट समेत भट्टराई कै रहेको छ । मेरो जीवन साथिबाट निर्देशनमा डेब्यु गरेका भट्टराइलाई डेब्यु निर्माताको रुपमा फिल्म ‘तिमीसँगै हुने मन छ’ मार्फत आउन लागेका हुन् ।