कस्तो छ ‘पुजार सार्की’को टिजर ?

जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पुजार सार्की’को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजरमा मुख्य पात्रहरूको क्यारेक्टर देखाइएको छ । यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । 

टिजरमा आर्यन र प्रदीपको मित्रता, पलको सस्पेन्स भूमिकालाई स्थान दिइएको छ । टिजरले फिल्मले वि.सं २०४६ सालको कथा भन्ने बुझ्न सकिन्छ । जातियताको कारण समाजमा हुने गरेको झगडालाई पनि फिल्मले प्रस्तुत गरेको छ । 

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा सुभाष भुसालको निर्माण, विकास सुवेदीको लेखन, सुभाष भुसालकै संगीत छ । 

फिल्ममा भरत रेग्मीको सम्पादन, राजेश श्रेष्ठको छायांकन छ । घोषणा भएदेखि नै यो फिल्म चर्चामा छ । 

विशेषगरि, आर्यन, प्रदीप र पल शाहका कारण फिल्मले चर्चा बढी पाएको हो । ‘पुजार सार्की’ले जातीय विभेद विरुद्धको कथा भन्ने निर्माणपक्षको भनाई छ ।