‘तेल भिसा’का लागि अमेरिका पुगे विपिन, दोहोरो भूमिकामा देखिदै

निर्देशक शंकर घिमिरेले निर्देशन गर्न लागेको फिल्म ‘तेल भिसा’को छायांकनका लागि नायक विपिन कार्की अमेरिका पुगेका छन् । उनी अमेरिकाको मेरिल्याण्ड राज्यमा फिल्मका निर्देशक घिमिरे, चिफ एडी मछिन्द्र योङगा सहित उत्रिएका हुन् । विपिनको यो पहिलो अमेरिका यात्रा हो ।

विपिनलाई अमेरिकामा फिल्मकी कार्यकारी निर्माता ऋचा घिमिरेले स्वागत गरिन् । यो फिल्ममा ऋचाको पनि महत्वपूर्ण भूमिका रहनेछ । यो फिल्ममा विपिन कार्की दोहोरो भूमिकामा देखिन लागेको निर्माणपक्षले बताएको छ ।

फिल्ममा उनको अपोजिटमा नायिकाद्धय गौरी मल्ल र वर्षा राउत देखिदैछन् । यी दुबै जना केही दिनमा अमेरिका पुग्दैछन् । फिल्मका छायांकार सुसन प्रजापति केही दिन अगाडि नै वाल्टिमोर पुगिसकेका छन् ।

यो फिल्मको छायांकन वैशाखको २५ गतेबाट सुरु हुँदैछ । फिल्मको छायांकन अमेरिकाका ७० प्रतिशत हुनेछ भने बाँकी छायांकन नेपालमा गर्ने तयारी निर्माणपक्षको छ ।