चर्चा बटुल्दै कार्टुन्ज क्रिउको ‘ट्वान्टी फस्ट लभ’

नेपालको परिप्रेक्ष्यमा वेभ सिरिज नौलो नै हो । वेभ बेसका सामाग्रिहरु भर्खरै मात्र सुरु भएका छन र पछिल्लो समय क्रेज पनि निकै छ । युवापुस्ता माझ अज्झ बढी क्रेज रहेको वेभ सिरिजको ट्रेन्डलाई फलो गर्दै केही समय अगाडीदेखी ईश्वर गुरुङले निर्माणमा वेभ सिरिज ‘ट्वान्टी फस्ट लभ’ सुरु भएको छ ।

तत्कालिन हिट सिरिज ‘हाईस्कुल’बाट चर्चा कमाएका कलाकारहरू सरोज अधिकारी, आस्मा विश्वकर्मा, अनुष्का अधिकारी, संयोग गिरी लगायतका कलाकारलाई लिएर ‘ट्वान्टी फस्ट लभ’ निर्माण भएको हो । युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको यो सिरिज मार्च १ बाट कान्तिपुर टेलिभिजनमा समेत प्रसारण हुने भनिएको थियो । तर सेन्सरले पास नगरेपछी ‘ट्वान्टी फस्ट लभ’ टि.भि मा प्रसारण हुन सकेन ।  सिरिजमा प्रयोग भएको द्विअर्थी शब्दका कारण टि.भिमा सेन्सर पास नभएको बुझिएको छ ।  ‘तर अब सोही वेभ सिरिज सेन्सर गरेर टि.भिमा प्रसारण हुने छ । यद्धपी यूट्युबमा भने पूर्ण सामाग्री राखिने छ । वेभ सिरिज किनेको एजेन्सीको आन्तरिक तयारी नपुगेका कारण पनि  सिरिज प्रसारणमा केहि ढिला हुन गयो ‘ सिरिज निर्माता ईश्वर गुरुङले मेरोफिल्मसँग भने ।

चर्चित नृत्य समूह कार्टुन्ज क्रिउका सरोज अधिकारी र आस्मा विश्वकर्माकाे मुख्य भूमिका रहेको सिरिजमा सरिन पोखरेलको कथा तथा निर्देशन रहेको छ । ट्वान्टी फस्ट लभमा सरोज र आश्मासँगै अनुष्का अधिकारी, संयोग गिरी, विजय अधिकारी, निशान्त सुवेदी, दृशी श्रेष्ठ,पवन शाक्य, अञ्जन शर्मा, राधा श्रेष्ठ, खगेन श्रेष्ठ, कमल अधिकारी र रश्मि भट्टको अभिनय रहेको छ ।

एसियन म्युजिक प्रा.लीबाट निर्मित सो सिरिजमा मिलन शङ्कर र ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको छ । सिरिज हरेक बिहिबार साझ ७:३० देखि ८  बजे सम्म कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ भने शुक्रबार यूट्युबमा रिलिज हुने छ ।