सिर्जु अधिकारीलाई बहुमुखी प्रतिभा अवार्ड

गायिक/मोडल सिर्जु अधिकारीले छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४मा बहुमुखी प्रतिभाको अवार्ड जित्न सफल भएकी छिन् । राप्ती समाज काठमाडौंले हरेक वर्षझैं यस वर्ष पनि यस म्युजिक अवार्डका लागि विभिन्न विधाहरु म्युजिक अवार्ड वितरण गरेको छ ।
समाजले ‘छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७४’का लागि विभिन्न ३५ विधामा उत्कृष्ट अवार्ड वितरण गरेको हो । सो अवसरमा प्यारा प्यारा बोल गीतबाट यस बर्षको बहुमुखी प्रतिभा अवार्ड लोकप्रिय चर्चित गायिका सिर्जु अधिकारीले हात पारेकी हुन ।

गायन क्षेत्रमा विगत एक दशक देखि अलग पहिचान भिन्न प्रस्तुती दिन सफल गायिका अधिकारीका पछिल्ला समयका हरेक गीत आम स्रोता माझ लोकप्रिय छन् । गायनसगैँ मोडलिगंमा समेत रुची राख्ने अधिकारीले झण्डै ३ दर्जन बढी गित गईसकेकी छिन् । गायिका अधिकारी एक दर्जन बढी गितमा संगित समेत भरेकी छिन् ।