भूकम्प र भूकम्पपछिका स्मरणहरु समाहित किशोर पन्थीको पुस्तक ‘कम्पन’ सार्वजनिक

वैशाख १२ गते महाविनाशकारी भूकम्प आएको ३ वर्ष पूरा हुँदैछ । धेरै नेपालीको मस्तिस्कमा यसको सम्झना ताजै छ । यही भूकम्प र भूकम्पपछिका सकसपूर्ण दिनहरुको स्मरण गर्दै पत्रकार किशोर पन्थीले लेखेको पुस्तक’कम्पन’ सार्वजनिक भएको छ ।
आज राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पम्फा भुसाल, एमाले बरिस्ट नेता माधब कुमार नेपाल, किशोर नेपाल राजनीतिज्ञ र पत्रकारहरुको हातबाट उक्त पुस्तक सार्बजनिक गरिएको हो ।
यो पुस्तकमा भूकम्पका समयमा विभिन्न व्यक्तिले गरेका अनुभवहरु समेटिएको छ । राहत वितरणका लागि भूकम्प्रभावित क्षेत्रमा जाँदाको अनुभव पनि यसमा समेटिएका छन् । पुस्तकमा महाभूकम्पपछिको वेदना र आर्तनादमात्र होइन, सिमित साधन श्रोतकाबीच उच्च मनोवल र मानवीय सहयोगका कारण राहत, रेस्क्यु, उपचार सम्भव भयो भन्ने समेत देखाउन खोजिएको छ ।
नेपालमा गएको महाभूकम्प लगत्तै पत्रकार पन्थी नेपालका भूकम्प प्रभावित क्षेत्रहरुमा पुगेका थिए । त्यतिबेला उनले सयौं व्यक्तिसँग गरेको कुराकानीका आधारमा कम्पन जन्मिएको हो । भूकम्प प्रभावित क्षेत्रमा पुगेर उनी आफै उद्दार र राहतमा मात्र खटिएनन्, दोश्रो ठूलो भूकम्पमा बालबाल बच्न सफल भएका थिए । त्यतिबेला उनी जुन भवनको पाँचौं तल्लामा थिए, त्यसका पिलरहरु क्षतिग्रस्त भए भवनमा रातो स्टीकर टाँसियो ।
काठमाडौं, भक्तपुर ललितपुर बाहेक काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ लगायतका जिल्लाहरुमा पुगेर पत्रकार पन्थीले भूकम्पमा आफन्त तथा घरबार गुमाउनेहरु, मृत्युको मुखबाट पनि बच्न सफल हुनेहरु, राहत र उद्दारमा खट्नेहरु, रेस्क्यु अपरेशनमा खट्नेहरु घाइतेहरुको उपचारमा खट्नेहरु लगायत सही सूचना सम्प्रेशणका लागि समाचार संकलनमा खट्नेहरुसम्मका बयान लिएका थिए । त्यही बयानका आधारमा महाभूकम्पजस्ता विपत्तिको सामना, आशा, आत्मबल, मानवीयता, सहयोग, सहकार्य र भावनात्मक सम्बन्धका आधारमा कसरी गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पुस्तकको जन्म भएको पुस्तकका लेखक पन्थीले जानकारी दिएका छन् ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया