सिताराम पोखरेलको “स्वार्थ तिम्रो” सार्वजनिक

- मेराेफिल्म

२०४४ साल देखि निरन्तर सांगीतिक फाटमा लागेर एक सय पचास भन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका गायक सिताराम पोखरेलको नयाँ गीत “स्वार्थ तिम्रो” सार्वजनिक भएको छ ।

रमेश अधिकारीको शब्द तथा कर्ण राज कार्कीको संगीत रहेको उक्त गीत तथा भिडियो काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा अनु शाह, सिताराम पोखरेल, सुबास पराजुली, अर्जुन गौतम तथा बाल कलाकार प्रांस तिवारीको अभिनय रहेको छ । म्युजिक भिडियोलाई जनकदिप पराजुलीले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको छायांकन रहेको छ ।

२०७५ वैशाख १२ गते १३:३५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *