‘वीराङ्गना’ को पहिलो गीत रिलिज

- मेराेफिल्म

असार २९ रिलिज मिति राखेको फिल्म ‘वीराङ्गना’ को पहिलो गीत ‘तिमी पुलिस म नि पुलिस’ सार्वजनिक भएको छ । राजधानीमा सम्प​न्न​ दशौं डि सिने अवार्ड​ स​मारोह​का बीच​ विराङ्गाना टिम​ले उक्त गीत सार्वजनिक गरेको थियो । गीतमा अनुप विक्रम शाही र शिल्पा पोख​रेल​लाई पुलिसको भूमिकामा देख्न सकिन्छ । गीतमा दिपक शर्माको संगीत, महिमा श्रेष्ठ र योन्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

एक्शन तथा नारी प्रदान फिल्म वीराङ्गनामा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ​ राई र​हेका छ​न् । फिल्ममा शिल्पा र अनुपका अलावा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

२०७५ जेठ ११ गते १०:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *