तस्बिरमा ‘अनमोल’की ‘सुहाना’

नेपाली फिल्म क्षेत्रकी चर्चित र सफल नायिका हुन झरना थापा । कयौँ फिल्ममा अभिनय गरेकी उनी पछिल्लो समय सफल निर्देशकको रुपमा पनि स्थापित भैसकेकी छिन् ।

उनको डेब्यु निर्देशन रहेको फिल्म ए मेरो हजुर २ निकै सफल साबित भयो । सोही फिल्मको सफलताबाट हौसिएकी थापाले अब बन्न लागेको फिल्म ‘ए मेरो हजुर ३ को पनि निर्देशन गर्दैछिन् ।  फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्नेछन । पहिलो फिल्मबाट सफलताको स्वाद चाखेकी उनको यो फिल्म निर्देसकिय हिसाबमा पनि प्रतिक्षित बन्ने छ । किनकी उनिबाट इन्डस्ट्रीले धेरै आशा गरेको छ । त्यो भन्दा बढी उनले यसै फिल्मबाट आफ्नी छोरी सुहाना थापालाई फिल्ममा डेब्यु गराउँदै छिन् यो बिषय झनै प्रतिक्षित बन्नेछ ।

सफल नायिका निर्देशकको छबी बनाएकी झरनाले छोरीलाई सफल नायिका बनाउने चुनौती मोलेकी छिन् । उनले फिल्ममा छोरी सुहानाको जोडी युवा स्टार नायक अनमोल केसीसँग बाँधेकी छिन् । सुहानाले आफ्नो पहिलो फिल्ममै अनमोलसँग रोमान्स गर्ने छिन् । यी दुईको जोडी कत्तिको जम्छ र झरनाको यो चुनौती कत्तिको सफल हुनेछ त्यो फिल्म प्रदर्शन पस्चात थाहा हुनेछ ।

तस्बिरमा हेर्नुहोस् सुहाना थापा…