यो गुनासो हो की व्यंग्य दिपक जी ?

फिल्म निर्माता दिपकराज गिरी सामाजिक सञ्जाल फेसबुकमा हरेक विषयमा आफ्नो बिचार ब्यक्त गर्न आतुर हुन्छन् । व्यंग्यले अरूलाई हैरान पार्ने दिपकले यसपटक फेरी समिक्षक देखि दर्शक सम्मलाई स्ट्याटसको माध्यमबाट झटारो हानेका छन् ।

हाल उनी फिल्म ‘छक्क पन्जा ३’ को छायांकनमा ब्यस्त छन् । केहि दिन अघि मात्रै नायक  पुष्प खड्काले उनको फिल्म छोडेका थिए भने सन्जोग कोइरालाको इन्ट्री भएको थियो । आफ्नो फिल्ममा विभिन्न फण्डामा फसिरहने दीपकको यो स्ट्याटस भने गुनासो हो या व्यंग्य उनी लाई थाहा होला ।

उनले लेखेका छन् :
समिक्षक भन्छन् ‘अर्थपूर्ण’ फिल्म बनाउ
हलवाला भन्छन् ”अर्थ’  कमाउने फिल्म बनाउ..
जानकार भन्छन् ‘कलात्मक’ फिल्म बनाउ
ससूरालि भन्छन् ‘माल कमाउने’ फिल्म बनाउ
बौ भन्छन् कमाउने मात्रै होइन ‘दर्शक रमाउने’ फिल्म बनाउ
मेन स्ट्रिमका भन्छन् हलमा दर्शकको लस्कर आउनु पर्छ
फरक धारका भन्छन् जसरी नि एकदिन अस्कर पाउनु पर्छ…..
एउटा भन्छ दर्शक हलभरी
अर्को भन्छ अवार्ड दराजभरी…
परम्परागत बैचारिक भिन्नता

दीपकको यस किसिमको अभिव्यक्ति प्रति उनका फ्यान हरुले रमाइला रमाइला प्रतिक्रिया दिएका छन् ।
कसैले फिल्म दर्शकका लागि हो न की हलवाला र समिक्षकको लागि त्यसैले दर्शकको रुचिमा ध्यान दिनुहोस भनेका छन् भने कसैले तपाइको फिल्म तपाइको तरिकाले बनाउनुस् कति ले त प्रदर्शन मिति प्रति व्यंग्य गर्दै दसैं को दिन पारेर फिल्म रिलिज गरे पछि त जस्तो सुकै झुर फिल्म पनि चल्छ नि हजुर के को पिरसम्म भनेका छन् ।