ओशोको बायोपिक बनाउदै निर्देशक सुवास घई

बलिउडका निर्देशक पटकथाकार तथा निर्माता सुभास घईले ओशोको बायोपिक बनाउने बताएका छन् । नागार्जुनस्थित ओशो तपोवनको दुई घण्टाको भ्रमणमा उनले अबको डेढ वर्षमा ओशोको बायोपिक बनाउने कार्य शुभारम्भ हुने जानकारी गराए ।


ओशोसँगको परिचय सन् १९७८ देखि भएको र यो जगत भन्दा परको अर्को सत्य देख्ने क्षमता ओशोमा भएकोले सदा नयाँ कुरा ओशोबाट सिक्न पाएको बताउदै गर्दै यही विशेषताका कारण फिल्मी जगतमा पनि ओशोको प्रभाव बढी रहेको घईले बताए ।

‘यो जगतलाई प्रकाश देखाउने महान व्यक्तिहरूलाई उनीहरुको समकालिन मनुष्यताले कहिल्यै कदर गरेको छैन । ओशोलाई पनि मनुष्यताले नबुझेको मात्रै होईन सकेसम्म दुःखै दियो,’ उनले भने । ओसोको समाधिमा केहि क्षण ध्यान गरि फेरि आउने बाचा गर्दै घई विदा भएका थिए ।