अनमोलको बलिउड इन्ट्री

नेपाली सुपर स्टार अनमोल केसी छिटै नै बलिउड इन्ट्री गर्दै छन् । उनले सुप्रशिद्ध म्युजिक कम्पनि वल्डवाइड रेकर्ड्ससंग काम गर्न लागेका हुन् । यस कम्पनी मार्फत एक फिल्म निर्माण हुदै छ । फिल्मको नाम भने फाइनल भएको छैन ।

यस फिल्मको आधिकारिक घोषणा चाडै नै हुने छ । चर्चित गीत दिन सफल कम्पनीले फिल्मी गीत हुदै फिल्म निर्माण सम्म गर्ने भएको छ । भुवन केसी तथा अनमोलसंग गर्न लागिएको फिल्म नेपाल भारत लगायत ७६ देशमा एक साथ रिलिज हुने छ । कम्पनीका अनर रत्नाकर कुमारले नेपालीकार संग काम गर्न पाएकोमा खुसि लागेको बताएका छन् ।