अनुश्काको घर छेउमा किराना पसल खोल्दै युवराज

- मेराेफिल्म

अनुश्का पाठकको घर छेउमा गायक युवराज चौलागाईले किराना पसल खोल्छु भन्दै हिनेका छन । तर वास्तविक जीवनमा नभई काल्पनिक रुपमा गीतको भिडियोमा ।
नेपाली प्ले ब्याक सिङ्गिङमा अग्रणी स्थान ओगटेका गायक हुन युवराज चौलगाई । नेपाली सुगम संगीतमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल चौलागाईको पछिल्लो समय एक नयाँ गीत सार्वजनिक भएको छ । ‘किराना पसल’ बोलको गीत लिएर उनी पुन आफ्ना श्रोता दर्शकमाझ आएको छन् ।

क्षितिज सापकोटाको शब्द संगीत रहेको उक्त गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् । भिडियोमा अनुष्का पाठक, बिनोद पौडेल, अशिना थपलिया, राज न्यौपाने लगायतसँगै गायक चौलागाईको समेत अभिनय रहेको छ । राजिब समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने सम्पादन सुप्रिम पराजुलिले गरेका हुन ।

२०७५ असार २ गते १८:०० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *