‘तिमी हुन्छौ जहाँ जहाँ’ मोफसल टुर सकेर राजधानीमा

चार दिनको मोफसल टुर सकेर फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ टिम काठमाडौं फर्किएको छ । कलाकार तथा निर्माण टिमले पोखरा, बुटवल, चितवन, हेटौँडा, धरान र बिराटनगरमा पुगेर फिल्मको बारे जानकारी गराएका थिए ।

निर्माता दालचन्द्र दवाडीसँगै अभिनेत्री मलिना जोशी, अभिनेता मनिष सुन्दर श्रेष्ठ, नव-अभिनेत्री तमन्ना केसी, कार्यकारी निर्माता प्रकाश बाँस्कोटा, निर्देशक विकाश बस्याल सहितको टिम मोफसल यात्रामा निस्किएको थियो ।

कथा माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको फिल्ममा रोशन श्रेष्ठले द्वन्द निर्देशन गरेका छन् । फिल्मको कथा निर्देशक दवाडीले लेखेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन,  डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ । फिल्म शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउने छ ।