‘अब तपाई हेर्या हेर्यै हुन्छ’ भैरे ट्रेलर

फिल्म ‘भैरे’को ट्रेलर सार्वजनिक भएको छ । बर्षा सिवाकोटी, सुरक्षा पन्त, दयाहांग राई, बुद्धि तामाङ, विक्रान्त बस्नेत, बाल कलाकार अनुभव रेग्मी लगायतका कलाकारको मुख्य अभिनय रहेको फिल्म साउन ४ गतेबाट अल नेपाल रिलिज हुदैछ । नेपालय सिनेमा इन्टरनेसनलको ब्यानरमा देवीमाया फिल्म्स र सिनेमाण्डु इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म एभरेस्ट सुर्य बोहोराको निर्देशनमा तयार भएको हो ।
प्रेम प्रसाद पौडेल र देवी माया अधिकारीको निर्माण रहेको फिल्ममा लेख बहादुर पुन कार्यकारी निर्माता रहेका छन् । फिल्ममा करुनाकर घिमिरे, गायक यम बराल, कुमार बस्नेत, शिन्धु पौडेल, सबिता गुरुङ लगायतको सह निर्माण रहेको छ ।
फिल्ममा एभरेस्ट सुर्य बोहोरा र बसन्त सापकोटाको गीत रचना, बसन्त सापकोटा, अर्जुन पोख्रेल र यम बरालको संगीत बसन्त श्रेष्ठ कविराज गहतराज , रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, पुरुसोत्तम प्रधानको छायांकन, एभेरेस्ट सुर्य बोहोरा, दिनेस न्यौपाने, अभिमन्यु निरवीको पटकथा तथा सम्बाद रहेको छ ।
गायनसँगै फिल्म निर्माणमा होमिएका यम बरालले न्युयोर्कबाट सुरु भएको भैरेको प्लानिंग र सपना आज आएर पुरा हुन लागेको बताए । उनले फिल्म संगीतमा डेब्यु समेत गरेका छन् यसै फिल्म भैरे मार्फत ।
फिल्मका नायक दयाहांग राईले भने ,’ट्रेलर ट्रीक हो मासलाई आकर्षण गर्ने । अर्को हिसाबमा भन्दा कथालाई जोड्ने हिसाबमा भैरेको ट्रेलर बनेको छ ।’ उनले बजारलाई आकर्षित गर्ने ट्रेलर बनेकोमा खुसी समत ब्यक्त गरे । पहिले आफुलाई स्क्रिप्ट मन नपरेको तर पछि निर्देशक बोहोराको रिक्वेस्टमा फिल्म खेलेको अनुभव सुनाए । उनले भने, ‘ इमान्दार भएर काम गरेका छौ, आशा छ सफल हुन्छौ ।’
नायिका सुरक्षा पन्तले ट्रेलर राम्रो बनेको तर फिल्म प्रदर्शन नहुदै केहि भन्न नसकिने बताइन ।’ अर्की नायिका बर्षा सिवाकोटीले फिल्म सुटिंगको क्रममा निकै मेहेनत गरेको र यसको प्रतिफल साउन ४ मा प्राप्त हुने बिश्वास ब्यक्त गरिन ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया