श्रीको मल्हम बेनिशा (भिडियो)

नेपाल गायन क्षेत्रको पुरानो नाम लक्ष्मण श्री,उनको आवाजमा एउटा गीत सार्वजनिक भएको छ । श्रीको नयाँ एल्बम ‘रचना’मा समावेश भएको ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा मिलन बस्नेतको शब्द र बीबी अनुरागीको संगीत छ ।

गीतको भिडियोमा लक्ष्मण श्री र नायिका बेनिशा हमालको अभिनय छ । श्री आफुले फिल्म निर्माण गर्ने तयारी गरेको समेत बताएका छन् । भिडियोमा अर्जुन तिवारीको छायांकन, विकाश दाहालको सम्पादन छ । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् ।