‘चि मुसी चि’अडियो जुकबक्स रिलीज

साउन ११ बाट अल नेपाल रिलीज हुने फिल्म ‘चि मुसी चि’ को अडियो जुकबक्स रिलीज भएको छ । जुकबक्समा फिल्मका पाँचवटै गीत यूट्युब मार्फत रिलीज गरिएको हो । आउ आज, चि मुसी चि, सानो सानो कुरा, तिमीले माग्छौ भने र हाँस्दा हाँस्दै बोलका गीत जुकबक्समा समबिस्ट छन् ।

म्यूजिकल थ्रिलर जनरामा निर्मित यस फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ,  महेश्वर खत्री,  सुबास भुर्तेल,  डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।