सुगम पुत्री एन्जेलिजाको गीत सार्वजनिक

करिब ५ वर्ष अघि रेकर्ड गरिएको एन्जेलिजा पोखरेलको गीत ‘मलाई उड्न देउ’को म्युजिक भिडियो  सार्वजनिक भएको छ । उनी गायक सुगम पोखरेलकी छोरी एन्जेलिजा पोखरेलकी छोरी हुन्  ।

अमेरिका रहेका गायक सुगमले आफ्नै युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरेका छन् । ‘स्वेत हंशिनी’ नामक एल्बममा समावेश गीतमा शब्द तथा संगीत सुगम पोखरेलको रहेको छ भने संगीत संयोजन शैलेन्द्र प्रधान ‘बाबु’ को छ । भिडियोमा अनिल मानन्धरको छायांकन तथा निर्देशन रहेको छ भने सुनिल क्षेत्रीको कोरियोग्राफी र शिलन लम्सालको सम्पादन छ ।