‘उदाउँदाको बिहानी’ सार्वजनिक

आधुनिक गीत समेटिएको एल्वम ‘बिहानी’ मा समाबेश रहेको ‘उदाउँदाको बिहानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विजय सिंह र स्वरुपा रसाईलीको आवाज रहेको छ भने विजय सिंह कै संगीत रहेको छ । गीतमा पूर्ण सिंहको शब्द रचना रहेको छ भने राकेश सोनीको संगीत संयोजन छ ।

भिडियोमा देबेन्द्र कुँवरको निर्देशन, जनकराज अधिकारीको छायांकन रहेको छ भने गोबिन डायमन्डले भिडियो सम्पादन गरेका छन्  ।  उक्त भिडियोमा पुस्कर दाहाल र ऋतु तामाङको  अभिनय रहेको छ ।