कमल के क्षेत्रीको डबल माया (भिडियो)

गायक कमल के क्षेत्रीको गीत  ‘डबल मायाँ’ को भिडियो सार्वजनिक भएको छ । यस भन्दा अघि उनका नाचन , आई लव यु, तिम्रै माया, मेरो माया, पिपल पाते जस्ता गीतहरु हिट भैसकेका छन् । उक्त गीतमा शब्द तथा संगीत बिकास पाण्डेको रहेको छ भने संगीत संयोजन बाबु प्रधानको रहेको छ ।

डान्सिङ विटमा रहेको गीतको भिडियोमा सुनिल क्षेत्री र एलिशा शर्माको अभिनय रहेको छ । गीतमा  सुनिल क्षेत्री कै कोरियोग्राफ रहेको छ भने शिलन लम्सालले सम्पादन गरेका छन् । छायांकनमा अनिल के मानन्धर रहेका छन  ।