आंचललाई पाउन युवाको निवेदन

आँचल शर्मा अभिनित नयाँ म्यूजिक भिडियो ‘निवेदन’ सार्वजनिक भएको छ । गीतमा गुणराज श्रेष्ठको स्वर रहेको छ भने बि पाण्डेका शब्द तथा सुवास भुषालको संगीत रहेको छ । उदयराज पौडेलले संगीत संयोजन गरेका छन् ।

भिडियोमा दुई व्यापारी युवा नायिका आँचललाई देखेपछि उनलाई प्राप्त गर्न निवेदन बोकेर हिँडिरहेका देखिन्छन् । विकास सुवेदीको निर्देशन रहेको भिडियोमा आँचलका साथमा गुणराज र राजेशको अभिनय रहेको छ । भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी छ भने अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।