संगीतकार आलोक श्री प्रहरी नियन्त्रणमा

- मेराेफिल्म

संगीतकार आलोकश्रीलाई गुन्जन स्टुडियोबाट महानगर प्रहरीले नियन्त्रणमा लिएको छ । विना कसूर स्टुडियोबाट प्रहरीले नियन्त्रण लिइएको संगीतकार श्रीले आरोप लगाएका छन् । गाडी पार्किङको विषयको विवादमा उनलाई नियन्त्रणमा लिइएको बुझिएको छ । उनी यतिखेर महानगर प्रहरी बग्गीखानामा रहेको र उनलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी प्राप्त भएको छ ।

नगर प्रहरीले विवादको विषय मेयर विद्याशुन्दर शाक्यलाई जानकारी गराउने बताउदा आलोकले ‘मेयरलाई भनेर के हुन्छ ? उहाँ पनि हाम्रै ट्याक्सबाट चल्ने त हो नि ?’ भने पछी महानगर प्रमुखमाथि गाली गरेको आरोप लगाउँदै उनलाई गिरफ्तार गरिएको थियो ।

२०७५ असार २६ गते १०:५२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *