खालिङ राई भाषिक गीत राष्ट्रिय अवार्डबाट सम्मानित

किरात खालिङ राई भाषाको गीत ‘देल्कम् हेङ् मोओ रैछ..’ ले पहिलो पटक राष्ट्रिय अवार्ड जितेको छ । नेशनल पावर न्यूज इन्टरनेशनलको आयोजनामा भएको म्युजिक अवार्ड कार्यक्रममा खालिङ राई भाषाको गीत उत्कृष्ट भएको हो ।उक्त गीतका गायक पूर्ण राईले सर्वोत्कृष्ट गायनको अवार्ड जितेका हुन् । त्यसैगरी संगीत र संगीत संयोजन पबिधन खालिङको रहेको छ । गीतमा शब्द रचना गायक स्वयमले गरेका हुन् ।

कार्यक्रममा चलचित्र, आधुनिक, लोकपप, लोकगीत तथा भाषिक विधाबाट राई, मगर, गुरुङ, शेर्पा, लिम्बु, थारु, नेपाल भाषा, तामाङ लगायत दर्जनौ भाषिक गीतहरु समावेश थिए । समारोहमा सर्वोत्कृष्ट रचना, संगीत, गायन, म्युजिक भिडियो तथा कृटिक्स अवार्ड प्रदान गरिएको थियो ।