‘चि मुसी चि’ को तेस्रो गीत क्वाइन टस

चि मुसी चिको नयाँ गीत ‘आउ आज मायाको’  रिलीज भएको छ । गीतमा अलमोडा उप्रेतीको स्वर रहेको छ भने सुरज अधिकारीको शब्द तथा संगीत रहेको छ । गीतमा नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माले नृत्य गरेका छन् भने कोरियोग्राफी सुनिल आँफैले गरेका छन् ।

म्यूजिकल थ्रिलर जनरामा निर्मित यस फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ,  महेश्वर खत्री,  सुबास भुर्तेल,  डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।