काँडाको बाटो हिँड्न चाहन्छन् प्रदिप र मिरुना (भिडियो)

प्रदीप खड्का, पर्मिता आरएल राणा र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘रोजी’को पहिलो गीत ‘फुल होइन’ सार्वजनिक भएको छ । प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको उक्त गीतको शब्द राजेश कुमार श्रेष्ठको हो भने संगीत एलिश कार्कीको रहेको छ । गीतको भिडियोमा फिल्मका दुई मुख्य कलाकार प्रदीप खड्का र मिरुना मगर प्रस्तुत छ भने कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म ‘रोजी’ भदौ २२ गते देखी प्रदर्शनमा आउँदै छ । प्रदीप फिल्ममा कर्मा शाक्य बरुण आरएल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।

उद्धव पौडेलको प्रस्तुतिमा निरक पौडेलको निर्देशन रहेको ‘रोजी’मा आयरा पौडेल र आरोही केसीको संयुक्त निर्माण रहेको छ । फिल्ममा राजु बिक्रम थापाको छायाङ्कन, मित्र डि गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहेको छ ।