भीमफेदी गाइज र जुना सुन्दासको ‘चुन सुपारी’

पारु ढकाल र मनिस रेशको स्वर रहेको ‘चुन सुपारी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिनेश सुबेदिको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । निर्मल लामाको निर्देशन रहेको उक्त भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र पवन सुस्लिङको सम्पादन रहेको छ । डान्सिङ नम्बर भिडियोमा भीमफेदी गाइज र जुना सुन्दासको प्रस्तुति रहेको छ ।