सबिताको माइतीको आगनी (भिडियो)

काव्या आचार्यको आवाज रहेको तीज गीत ‘माइतीको आगनी’ सार्वजनिक भएको छ ।  गीतमा सबिता पोखरेलको शब्द रचना र गायिका आचार्यकै संगीत रहेको छ । उक्त तीज गीतमा संगीत संयोजन बिपिन आचार्यको रहेको छ । रिना थापा मगर, मेलिना ठकुरी र रीना राउत फिचार्ड म्युजिक भिडियोमा कृष्ण श्रेष्ठको छायांकन रहेको छ । राजीव बलामी निर्देशित भिडियो सम्पादन दिनसन शाहले गरेका हुन् ।