‘नेम्पा पपुलर फिल्म अवार्ड’ मा भाग लिन २५ कलाकार अमेरिका जादै
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
अमेरिकामा आयोजना हुने ‘नेपाली राष्ट्रिय सम्मेलन २०१८’मा ‘नेम्पा पपुलर फिल्म अवार्ड’ आयोजना हुने भएको छ । अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म अमेरिकामा रहेका नेपाली संगठनहरु एन्मा, नासिया, एनाको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक नेपाल चलचित्र संघले नेपाली चलचित्रको विकास र विस्तारका लागि पपुलर अवार्ड गर्नका लागेको जनाएको छ । अवार्डमा २५ जना कलाकार सहभागी हुनेछन् ।
अवार्डमा सहभागी हुनका लागि कलाकार निर शाह, भूवन केसी, सुनिल थापा, रेखा थापा, झरना थापा, दिपकराज गिरी, दीपाश्री निरौला, अनमोल केसी, केकी अधिकारी, अर्जुन श्रेष्ठ, अन्जु पन्त, सुगम पोखरेल, अर्जुन पोखरेल, विल्सन विक्रम राई, निता ढुंगाना, जितु नेपाल, केदार घिमिरे, सरिता लामिछाने, सुमन गिरी, सितादेवी तिमिल्सिना लगायतको टोली अमेरिका जाने बताइएको छ । कार्यक्रममा पपुलुर फिल्मदेखि निर्देशक, नायक, नायिका, सह-नायक, सह-नायिका, संगीतकार, हाँस्य कलाकार, गायक, गायिका, नव-निर्देशक, नव-नायक, दशकको नायक, दशशकी नायिका तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया