सारिका घिमिरेको आवाजमा ‘हास्दा हास्दै आँशु’ (भिडियो)

सस्पेन्स थ्रिलर जनरामा निर्मित फिल्म ‘चि मुसी ची’को हास्दा हास्दै आँशु बोलको गीत सार्वजनिक भएको छ । सारिका घिमिरे स्वरबद्ध गीतमा रेगन क्षेत्रीको शब्द तथा संगीत रहेको छ । उक्त भिडीयोमा सुनिल क्षेत्री र अलिशा शर्माको अभिनयलाई देख्न सकिन्छ ।

दिनेश श्रेष्ठ निर्देशित यस् फिल्ममा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेका छन भने फिल्मको कार्यकारी निर्माता शिवराज कार्की छन् । अनिल पाण्डे र प्रिन्स युवराज कार्की फिल्मका प्रस्तुतकर्ता हुन् । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।