रुचाउलान् त दर्शकले प्रदिपको क्रिमिनल लूक्स ?

लभर बोईको रुपमा रुचाइएका नायक प्रदिप खड्का स्टारर क्राइम थ्रिलर फिल्म ‘रोज’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा देखाइए अनुसार फिल्ममा प्रदिपलाई हत्याराको भुमिकामा प्रस्तुत गरिएको छ । ‘एक हत्यारा जो आफ्नो प्रेमिकाको हत्या गरेर पनि संतुष्ट छ’ मैले त्यही भूमिका निभाएको छु । सधैँ प्रेमिल भुमिकामा देखिरहनु भएका दर्शकले मेरो यो भुमिका पनि पक्कै साथ सहयोग अनि माया प्रदान गर्नु हुनेछ भन्नेमा बिश्वस्त छु’ ‘ ट्रेलर सार्वजनिक कार्यक्रममा नायक प्रदिप खड्काले भने ।

गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्मित फिल्म ‘रोज’मा नायक प्रदिप खड्का, नायिका पारमिता आरएल राणा र नायिका मिरुना मगरले स्क्रिन सेयर गरेका छन् । कर्मा शाक्य, बरुण आरएल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ लगायतको समेत अभिनय रहेको छ । निरक पौडेलको निर्देशन रहेको फिल्म आयरा पौडेल र आरोही केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा राजु बिक्रम थापाको छायाङ्कन, मित्र डि गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहेको छ । फिल्म भदौ २२ देखी प्रदर्शनमा आउने छ ।