सुर्य ईन्टरनेशनल अवार्डको भोटिङ शुरु

आगामी भाद्र ३१ गते जापानमा सम्पन्न हुने ‘सुर्य ईन्टरनेशनल अवार्ड–२०१८’ को भोटिङ प्रक्रिया सुरु भएको छ । फिल्म र संगीतका १२ वटा विधामा अवार्ड वितरण हुँदैछ । गुगल एकाउण्टमा मेल आईडी हुनेहरु र फेसुबुक आईडी हुनेहरुले विश्वभरबाट आफुलाई मन परेको कलाकारलाई निशुल्क भोटिङ गर्न सकिनेछ । भाद्र १५ गतेदेखी भाद्र ३० गते राति १२ बजे सम्मको भोटिङलाई मान्यता दिने आयोजक संस्थाले जनाएको छ । पपुलर अवार्ड भएको कारण भोटिङ प्रक्रिया राख्न लागेको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताए ।

आफुलाई मन परेको कलाकारलाई भोटिङ गर्नको लागि सबै भन्दा पहिले सुर्य ईन्टरनेशनल अवार्ड डट कममा जानु पर्नेछ । त्यसपछि त्यसमा भएको नोमिनिज शिर्षकमा गई नोमिनिज विधाहरु हेर्न सकिनेछ । नोमिनिज विधामा क्लिक गरेपछि उत्कृष्ट पाँचको प्रोफाइल खुल्नेछ । उत्कृष्ट पाँचको बारेमा छोटो परिचय समेत समावेश गरिएको छ । उत्कृष्ट पाँचको प्रोफाइलसँगै भोट भन्ने रातो बटम राखिएको छ । त्यसमा क्लिक गरेर आफ्नो आईडी र पासवर्ड राखेपछि भोटिङ हुनेछ ।

गुगलमा भएको एकाउण्ट आईडी बाहेक फेसबुक आईडीबाट लग ईन गरि पनि विश्वभरबाट निशुल्क भोटिङ गर्न सकिनेछ । यसरी गरिएको भोटिङ एक विधामा एक जनालाई मात्र गर्न सकिनेछ । भोटिङबाट आएको कुल मतको आधारमा जापानको टोकियोमा भाद्र ३१ गते हुने भव्य अवार्ड समारोहमा उत्कृष्ट कलाकारहरुलाई अवार्ड वितरण गरिने आयोजक संस्थाका नेपाल व्यवस्थापक समीर बलामीले बताएका छन् ।