हतारमा ‘ए मेरो हजुर ३’ शुभमुहुर्त, ‘अनमोल इभ’बाटै सुरु हुँदै छायाँँकन !

फिल्म ‘ए मेरो हजुर ३’ पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै शुभमुहुर्त गरिएको छ । नायक अनमोल केसीलाई लिएर निर्माण हुन लागेको ए मेरो हजुर ३बाट निर्देशक झरना थापाले आफ्नी छोरी सुहानालाई फिल्म क्षेत्रमा डेब्यु गराउँदै छिन् । नायक केसी अनमोल इभ नामक कार्यक्रमका लागी हाल पोखरामा रहेका छन् । अनमोल इभकै छेको पारेर झरनाले फिल्मको शुभमुहुर्त गरेकी हुन् ।

शनिवार हुने कन्सर्टको लागी पोखरा पुगेका अनमोल र शुभमुहुर्त गर्न भन्दै एक्कासी पोखरा पुगेकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा, नव नायिका सुहाना थापा, छायाँकार सञ्जय लामाको दाउ हेर्दा यस्तो लाग्छ फिल्मको छायाङ्कन अनमोल इभबाटै सुरु हुँदै छ । म्युजिकल लभ स्टोरी फिल्ममा अनमोल गायकको भुमिकामा देखिन लागेको चर्चा चल्न थालेको छ । त्यसैकारण पनि अनमोलले अनमोल इभ कार्यक्रममा धेरै जसो गीत गाएका त होइनन् ? शंका गर्ने ठाउँ बढेको छ ।

एक गोप्य सुत्रका अनुसार फिल्मको छायाङ्कन आज पोखरमा भैरहेको ‘अनमोल इभ’बाटै सुरु भएको छ । त्यसै कारण पनि अपर्झट फिल्मको शुभमुहुर्त गर्न फिल्मका कलाकारसँगै निर्देशक, निर्माता र छायाँँकार पोखरा पुगेको हुन् । वास्विकता के हो भन्ने फिल्म निर्माण यूनिटलाई नै थाहा होला तर छोरीलाई ग्राण्ड लन्च गर्ने सोचमा रहेकी झरनाको हतास देख्दा श्रोतको दाबी सही हो भन्ने ठाउँ प्रशस्तै छ । फिल्मको औपचारिक छायाँँकन असोज ६ गतेबाट सुरु हुनेछ ।