‘अवतारी बाहुन छिरिङ’ फिल्म छिरिङ ट्रेलर

फिल्म ‘छिरिङ’ को ट्रेलर सार्वजनिक भएको छ । रिदम फिल्मस्को प्रस्तुती रहेको फिल्ममा यश कुमार र निमा रुम्बा बाहेक कामना भुजेलको मुख्य भूमिका रहेको छ । गायक तथा नायक यश कुमारकै लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको छ ।

असोज १२ बाट प्रर्दशनमा आउने फिल्म ‘छिरिङ’ प्रियंका कार्की अभिनित फिल्म ‘कथा काठमाण्डु’ सँग व्यवसायिक प्रतिष्पर्धामा उत्रिने भएको छ । यस अघि यस कुमारका दुई फिल्म ‘बाटो मुनिको फुल’ र त्यसको सिक्वेल दर्शकको माया प्राप्त गर्दै व्यवसायिक सफलता प्राप्त गरेका थिए ।