परमिताको पछि प्रदिप

फिल्म ‘रोज’ को गीत ‘तिम्रो पछि-पछि…’ सार्वजनिक भएको छ । गीतमा निशान भट्टराईले गीतमा स्वर भरेका छन् । अर्जुन पोखरेलको संगीत रहेको गीतको शब्द दयाराम पाण्डेलले लेखेका हुन् ।

फिल्ममा नायक प्रदिप खड्काको जोडीका रुपमा नायिका परमिता आरएल राणा र मिरुना मगर छन । फिल्ममा प्रदिप, पर्मिता र मिरुनाका अलावा कर्मा शाक्य बरुण आरएल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ, पल्पसा डंगोल लगायतको अभिनय रहेको छ । निरक पौडेलको निर्देशन रहेको रोजीमा आयरा पौडेल र आरोही केसीको निर्माण छ । फिल्ममा राजु बिक्रम थापाको छायाङ्कन, मित्र डि गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहेको छ ।