मष्तिस्कको सफल शल्यक्रिया पछी घर फर्किए मदनकृष्ण श्रेष्ठ

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ मष्तिस्कको सफल शल्यक्रिया पछी घर फर्केका छन् । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा गत भदौ २८ गते डिप ब्रेन स्टुमुलेसन (डीबीएस) शल्यक्रिया भएको थियो । ९ वर्ष अघिदेखि पार्किन्सन्स रोगबाट पिडित श्रेष्ठको चार वर्षअघि मस्तिष्कको बायाँतर्फ चिप्स राखिएको थियो ।

उनको मस्तिष्कको बायाँतर्फ राखिएको चिप्सले शरीरको दायाँ भाग चल्ने गरेको छ । तर बायाँतर्फ पनि समस्या आएपछि अहिले दायाँतर्फ चिप्स राखिएको हो । पार्किन्सन्स नियन्त्रणका लागि उनको दिमागमा राखिएको पेसमेकरमा अर्को तार पनि जोडिएको छ । हाल आफ्नो स्वास्थ्यमा सुधार आएको श्रेष्ठले बताएका छन् ।