निराजन र प्रविशाको ‘बिस्तारै बिस्तारै’ (भिडियो)

निराजन कँडेल र प्रविशा अधिकारीको स्वरमा रहेको आधुनिक गीत ‘बिस्तारै बिस्तारै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रमोद कोईरालाको शब्द तथा संगीत रहेको छ ।

भिडियो निर्देशन गणेश शाहीले गरेका छन् । भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादन रहेको छ भने ड्रोन अपरेटर प्रविन राई हुन् । निरा कँडेल, जानकी देवी कँडेल र जोफ्रे मिरेन्जी निर्माता रहेको भिडियोमा बाल कलाकारको रुपमा शाश्वत र अनुश्रेया छन् भने सागर थापा, स्वाती श्रेष्ठ, राजेश बिशुराल र स्विक्षा राज बिशुरालको पनि अभिनय रहेको छ ।