रेलीमाई’ मा एलिड २० क्रिउ र भिमफेदी गाईजसँगै आंचल (भिडियो)

सुजन मार्फा तामाङ्को एलिड २० क्रिउ र भिमफेदी गाईजलाई पहिलो पटक एउटै म्युजिक भिडियोमा देखिएको छ । ‘रेलीमाई’ गीतको भिडियोमा दुई ग्रुपसंग चर्चित मोडल तथा नायिका आँचल शर्माले अनस्क्रिन रोमान्स गरेकी छिन् ।

दिपक आचार्यको शब्द तथा मिष्टर आरजेको संगीत रहेको गीतमा महेश भण्डारी र मिष्टर आरजेको आवाज सुन्न सकिन्छ । रबिन्द्र बरालको छांयाकन रहेको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । मधु आचार्यको व्यवस्थापन रहेको उक्त भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् ।