‘पल सबैभन्दा प्रिय’

सार्वजनिक रुपमा पल शाह र आफ्नो सम्बन्ध नस्विकारे पनि आँचल शर्माले पलसँगको आफ्नो सम्बन्ध लुकाएकी छैनन् । जहाँ जतासुकै पलसँग देखिने आँचलले शनिबार पलसँगको आफ्नो सम्बन्धमा लालमोहर लगाउँदै पल आफ्ना लागि प्रिय रहेको बताइन् ।
आँचलले सुविन भट्टराईको नयाँ उपन्यास ‘प्रिय सुफी’कोे सर्वाजनिक कार्यक्रममा बोल्दै आफ्नो पितापछि पल आफ्ना लागि प्रिय रहेको बताएकी हुन् । पुस्तक विमोचन गर्न मञ्चमा उक्लिएकी आँचललाई उद्घोषक सविना कार्कीले ‘आँचलको जीवनमा सबैभन्दा प्रिय व्यक्ति को हो ?’ भनेर सोधेको प्रश्नमा आँचलले पलको नाम लिएकी हुन् ।
‘सबैभन्दा प्रिय साथी आफ्नो बाबा हो’ आँचलले थपिन् ‘दोस्रो साथी भने पल शाह नै हो । हरेक मानिस योसँग साथी बन्दा केही फाइदा होला कि भनेर जोडिन चाहान्छौं तर पल यस्तो साथी हो जसले मलाई निस्वार्थ साथ दिएको छ । मलाई सही कुरा सिकाउँछ र गलत बाटोमा लाग्दा यता आउ भनेर जोगाउँछ ।’
आँचलको पलप्रतिको यो भरोसा कायम रहोस् ।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया