अमेरिकामा ‘छक्का पन्जा ३’ दशैँको दिन

प्लानेट थ्री फिल्म्स कोसेली इभेन्ट युएसए र फ्युजन इन्टरनेसनलले संयुक्त रुपमा बहुप्रतिक्षित फिल्म छक्का पन्जा ३ अमेरिका प्रदर्शनको अधिकार लिएको छ । छक्का पन्जा १ र २ समेत यहि टिमले प्रदार्शन गरेको थियो । फिल्म युएसएको बोस्टन, न्युयोर्क , भर्जिनिया, होस्टन, लस एन्जल, ओक्लोहोमा, अलाबामा, कोलम्बस लगायत ६० भन्दा बढी सहरमा लाग्ने छ । नेपालमा घटस्थापनाबाट प्रदर्शनमा आउने  फिल्म २०७५ को विजयादशमी अर्थात कार्तिक २ बाट अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आउने छ  ।

फिल्ममा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामांग, स्वस्तिमा खड्का, सुमन गिरी भान्जा, संजोग कोइराला, शिवहरी पौडेल, प्रियंका कार्की लगायतको अभिनय रहेको छ । दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।