‘कोकाकोला फिगर’ (भिडियो)

सज्जन धामी र निरुता खत्रीको आवाजमा ‘कोकाकोला फिगर’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नरेश, मनिषा र रितीकको अभिनय रहेको छ । पुरन तिमल्सीनाको शब्द रहेको गीतमा संगीत गायक धामीकै रहेको छ । गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने प्रकाश खड्काको छायांकन रहेको छ ।