‘तारा खसेछ’ भिडियो

सोहन घिमिरेको आवाजमा रहेको गीत ‘तारा खसेछ’ को भिडियो सार्वजनिक भएको छ । वर्षा शिवाकोटी र जीवन भट्टराई अभिनित म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । गायक घिमिरेको  ‘तीनजुरे’ एल्बममा समावेश  उक्त गीतमा  गायक सोहन कै शब्द रचना तथा संगीत रहेको छ भने बुद्ध स्यान्ग्वाको एरेन्ज रहेको छ । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । उत्सब दाहालको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ ।