मौलिक सालैजो गीत ‘हिमाली पाखा’ सार्वजनिक (भिडियो सहित)

- मेराेफिल्म

बल बहादुर गुरुङको मौलिक सालैजो गीत ‘हिमाली पाखा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक गुरुङलाई निता गुरुङले साथ दिएकी छन् । जसलाई प्रसाद सप्तरी मगरले शब्द लेखेका हुन् भने लय पनि उनले नै भरेका हुन् । ‘हिमाली पाखा’ सालैजो गीतमा डोलराज बारघरे मगरले संगीत संयोजन गरेका छन् ।

भिडियो मनाङ गुरुङले निर्देशन गरेका छन् । गीतमा मोडल याम गुरुङ, खेम गुरुङ, एलिना गुरुङ र रेनु पुनको अभिनय तथा नृत्य रहेको छ । गीतको छायांकन भने करन चैसिरले गरेका हुन् । त्यस्तै गीतको म्युजिक भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् ।

२०७५ असोज १६ गते १३:३३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *