अन्तरजातीय प्रेम सम्बन्धको कथा ‘महल’

युट्युबबाट भाईरल बनेका गायक सन्तोष परियारको स्वर संगीत तथा शब्द रचनामा ‘महल’ गितको भिडियो सार्बजनिक भएको छ । उक्त्त गीतलाई आशिस अविरलले एरेन्ज गरेका छन् भने किसमल परियारले राग स्टुडियोमा साउण्ड मिक्सिंग गरेका हुन् ।

उक्त्त गीतको भिडियोमा दलित भनेर समाजले हेला र तिरस्कार गर्दाको परिणाम मृत्यु सम्म हुन पुगेको यथार्थतालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा बिनोद न्यौपाने, इशा परियार, बिसाल सेनेहांग फिचर्ड छन् । भिडियो छायांकन तथा निर्देशन भुपेन्द्र तुम्बाहाम्फेको रहेको छ ।