‘लभ स्टेशन’ बाट बाहिरिन् निरुता सिंह

एक ताका नेपाली फिल्मी उद्योगमा राज गरेर बसेकी नायिका निरुता सिंहले फिल्म ‘नाई नभन्नु ल ५’ बाट कम्ब्याक गरेकी छन् । दार्जिलिंगमा छायांकन भइरहेको फिल्म ‘लभ स्टेशन’मा समेत उनको अभिनय देखिने चर्चा बहिरेको थियो । तर उनले उक्त फिल्मबाट हात झिकेकी छन् । उत्तम प्रधानका साथ फिल्मा जोडीको रुपमा देखिने भनीए पनि व्यक्तिगत कारण देखाउदै उनी फिल्ममा नदेखिने भएकी हुन् । बुबाको स्वास्थ्यमा समस्या आएका कारण उनले फिल छोडेकी हुन् । फिल्म ‘दाल भात तरकारी’मा भने हरिवंश आचार्यको जोडीका रुपमा देखिने पक्का भइसकेको छ ।

नायक प्रदिप खड्का र निर्माता तथा बितरक गोबिन्द शाहीको संयुक्त लगानी तथा उज्जवल घिमिरेको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘लभ स्टेशन’मा प्रदीप खड्का, जसिता गुरुङ, सरोज खनाल, श्रद्धा क्षेत्री, प्रकाश शाह लगायतको अभिनय रहनेछ । फिल्ममा आलोक सुक्लाको छायांकन, दिपक शर्मा, शम्भुजित बास्कोटा, अलिश कार्की र राजनराज सिवाकोटीको संगीत रहनेछ । फिल्ममा उज्जवल घिमिरे निर्देशन रहने छ ।