‘मेलाङ्कोली’ को वर्ल्ड रेकर्ड

३६५ नेपाली कलाकारले आवाज दिएको गीत ‘मेलाङ्कोली’ ले गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएको छ । ३३ मिनेट ४९ सेकेन्डको गीत रेडियो नेपालको स्टुडियोमा सन् २०१६ मे १९ मा रेकर्ड भएको थियो । गीतमा ३६५ कलाकारलाई ३५ जना टेक्निसियनले साथ दिएका छन् ।

विश्व मै सबै भन्दा बढी कलाकारको आवाज रहेको गीतको रुपमा यस गीतले रेकर्ड राख्न सफल भएको हो । त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा सामुहिक गिनिज वल्र्ड रेकर्डको कार्यक्रम सम्पुर्ण कलाकारलाई प्रमाणपत्र प्रदान गर्दै सम्पन्न भएको छ ।

वातावरण प्रवर्धन गर्नुपर्नेमा जोड दिदै आएको संस्था सस्टेनेबल इन्भारमेन्ट एण्ड इकोसिस्टम म्यानेजमेन्टको योगदानको कदर गर्दै गीत निर्माण गरिएको हो । गीतमा माधव प्रसाद घिमिरे सहित ३६५ जनाको आवाज रहेको छ । गीतमा शब्द, संगीत तथा निर्देशन निपेश ढाकाको रहेको छ ।