छमछमी भर्सेस वुगिवुगी डान्स व्याटल

पश्चिम नेपालको लोकप्रिय टिपिकल झ्याउरे गीत ‘तिम्रो फोटो’ बजारमा ल्याईएको छ । हरी बिष्ट र ज्योती मगरको स्वरमा बनेको उक्त गीत र यसको भिडियो दशै–तिहारको छेको पारेर शुक्रवार सार्वजनिक गरिएको हो । गीतमा समावेस शब्द र संगित गायक विष्टकै हो । ‘तिम्रो फोटो शिरानी मुनी, फोटोसँग वोलेर नहुनी’ बोलको डान्स प्याट्रनको उक्त झ्याउरे गीतको भिडियोमा चर्चित रियालीटी शो छमछमी भर्सेस वुगिवुगीलाई निकै भिन्न शैलीमा उतारिएको छ ।

५ मिनेट ४१ सेकेण्ड लामो गितको भिडियो दोव्वर लामो चलचित्र जस्तै छ । यसमा ईन्ट्रि, मध्यान्तर र ईण्डिङलाई निकै भिन्न किसिमले प्रस्तुत गरिएको छ । नेपाल टेलिभिजनवाट प्रशारण भएको छमछमी–३ का कलाकार मनिता राई र शेखर घर्ती र एपी वानवाट प्रशारण भएको बुगिवुगीका टप फाईभ श्रृष्टि महर्जन र रविन भुजेलको नृत्य हेर्न लायक छ । गित हेर्दा दर्शक–श्रोता रमाईलो मान्नेछन् ।

झण्डैं ४० गित बजारमा ल्याईसकेका गायक विष्ट संगित क्षेत्रका अब्वल गीतकार तथा संगीतकार पनि हुन् । अजय रेग्मीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । कुलमान नेपाली र नरेशविर सिंहको कोरियोग्राफी रहेको भिडियोलाई स्वयम् गायक बिष्टलेनै निर्देशन गरेका हुन ।